Section 16
लेखा र लेखा परीक्षण
(१) आयोगको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) आयोगको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा आयोगको आय व्ययको लेखा र तत्सम्बन्धी हिसाव किताव जुनसुकै बखत जाँच्न र जँचाउन सक्नेछ ।